आज कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति भने कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
-
मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता
-
दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालीन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप