चुमनुब्रीलाई डढेलोमुक्त गाउँपालिका बनाइने
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
“डढेलोबाट वनजङ्गलको विनासमात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ”, उनले भने, “यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।”
“पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले नीति बनाउन लागेको अध्यक्ष लामाले जानकारी दिए । “सिर्दीबास क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ”, उनले भने, “सिकारीले सिकारका लागि समेत डढेलो लगाउने गरेका पाइएकाले पालिकालाई नै डढेलोमुक्त क्षेत्र घोषणा गरी कडाइका गर्न लागिएको हो ।”
गाउँपालिकालाई डढेलोमुक्त बनाउन सके मात्र प्रदूषणमुक्त गाउँपालिका निर्माण गर्न सकिने भएकाले डढेलो रोकथाम र नियन्त्रणलाई गाउँपालिकाले प्राथामिकता दिएको उनले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाउने घोषणा कार्यान्वयनका लागि गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)सँग पनि समन्वय गरेर काम गर्ने अध्यक्ष लामाको भनाइ छ ।
यसका लागि गाउँ–गाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उनले बताए । “डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, वन्यजन्तुको विनासलगायतका जनचेतना गाउँ–गाउँमा फैलाउनु आवश्यक छ”, अध्यक्ष लामाले भने, “भौगोलिक विकटता भएको गाउँपालिका भएकाले एमक्यापसँग समन्वय र सहकार्य गरी ड्रोनमार्फत पनि सचेतना फैलाउने र टोल–टोलमा सचेतना प्रदान गर्ने योजना छ ।”
प्रदूषणमुक्त गाउँपालिका निर्माणका लागि पालिकाभित्रका खाली जमिनमा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उनले जानकारी दिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एक सय तीन वर्षअघिदेखि शान्ति र अहिंसाको क्षेत्रका रूपमा पनि परिचित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण