बालेन शाहले भने–आजबाट म तारिखमा छु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आज आइतबारदेखि आफू तारिखमा रहेका बताएका छन् । आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको उल्लेख गरेका हुन् ।
'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'
मेयर शाहलाई सर्वोच्च अदालतले असार १२ गते मंगलबार सात दिनभित्र लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
मेयर शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।
बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
त्यसपछि चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
मेयर बालेनले उच्च अदालतको आदेश नमान्ने आशयको अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण