आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालेन शाहले भने–आजबाट म तारिखमा छु

आइतबार, २४ असार २०८०, २० : ०८
आइतबार, २४ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आज आइतबारदेखि आफू तारिखमा रहेका बताएका छन् । आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको उल्लेख गरेका हुन् । 

'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा', उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'

मेयर शाहलाई सर्वोच्च अदालतले असार १२ गते मंगलबार सात दिनभित्र लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो । 

मेयर शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । 

 बालेनले बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यसपछि चलचित्र संघले उच्च अदालत पाटनमा हालेको रिटमा अदालतले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

मेयर बालेनले उच्च अदालतको आदेश नमान्ने आशयको अभिव्यक्ति दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप