‘मेयर’ नामबाट फिल्म बनाउँदै दीपेन्द्र
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङको चर्चासँगै मेयरको विषयमा फिल्म नै निर्माण हुन थालेका छन् । केही अगाडि निर्देशक राजु गिरीले बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरेका थिए । जसको छिट्टै छायाङ्कन सुरु हुने बताइन्छ । यस्तै सफल निर्देशक दीपेन्द्र के खनालले पनि ‘मेयर’ नामबाट फिल्म बनाउने भएका छन् ।
फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । दीपेन्द्रले पनि आफ्नो अगामी फिल्म ‘मेयर’ नामबाट हुने जानकारी दिए । ‘फिल्मको लेखन कार्य हुँदैछ । नाम मेयर हो । विषयवस्तु यसको हुन्छ भनेर भन्न सकिन्न’ दीपेन्द्रले थपे ।
फिल्मको निर्माणमा दीपेन्द्र र सुरेन्द्र पाण्डेले सहकार्य गर्दैछन् । दीपेन्द्रले यसअघि ‘लकडाउन’ नामको फिल्म दर्ता गरेका थिए । त्यो नै परिवर्तन गरेर ‘मेयर’ राखेका हुन् । दीपेन्द्रले हालै ‘पशुपतिप्रसाद २’ को सुटिङ सकाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण