जब एटिएम बुथ भित्रै फोहोर फालियो...
काठमाडौँ । ललितपुर महानगरपालिकाले हिमालयन बैंकलाई फोहोर हटाउन अटेर गरेको आरोपमा पाँच हजार जरिवाना तिराएको छ ।
जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल अगाडीको गार्डेनमा निर्माण सामाग्रीका फोहोर हटाउन महानगरले पटकपटक ताकेता गरेको थियो । सोमबार महानगरले गार्डेनमा थुपारिएको फोहोर बैंकको एटिएम बुथ भित्र राखिदिएको थियो । लगत्तै बैंकका कर्मचारीले फोहोर हटाएका थिए ।
ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फोहोर हटाउन गरेको ताकेतालाई बेवास्ता गरेपछि एटिएम बुथ भित्र फोहोर राखिदिएको हो । उनले भने,‘ गार्डेन सफा गर्नुपर्नेमा उल्टै फोहोर थुपारिदिए, हामीले फाल्न वा हटाउन भन्यौँ, नमानेपछि एटिएम भित्रै बोरामा फोहोर पोको पारेर राखिदियौँ ।’ हाछेथुका अनुसार एटिएम बुथ भित्र फोहोर देखेपछि बैंकका प्रतिनिधि महानगरको सम्पर्कमा आएका थिए । मेयर चिरिबाबु महर्जनको निर्देशनपछि महानगर प्रहरीले पाँच हजार जरिवाना तिराएको जानकारी हाछेथुले दिए । ‘ बैंकले सरसफाइमा ध्यान दिनुपर्नेमा उल्टै फोहोर गर्नुभएन भनेर हामीले सम्झाएर पठायौँ,‘ उनले भने,‘ यो घटना हिमालयन बैंकलाई मात्रै होइन, अरूलाई पनि पर्नसक्छ । त्यसैले सबैलाई सरसफाइमा ध्यान दिन सुझाव दिन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण