पलप्रति दीपकराजको टिप्पणी : हिजाे भगवान बनाए, आज राक्षस भयौ
मङ्गलबार, २६ असार २०८०, १४ : २२
१
काठमाडौँ । टेलिभिजन ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव सुनाएको कारण अभिनेता पल शाह सामाजिक सञ्जालको तारो भइरहेका छन् । यो अन्तर्वार्ता विवादित भएको कारण युट्युबबाटै हटिसक्यो ।
सामाजिक सञ्जालको विभिन्न टिप्पणीको पलले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस पोष्ट गर्दै जवाफ समेत दिइसकेका छन् । पलको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्फ–वितर्क चलिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले उनी प्रति टिप्पणी गर्दै हिजो भगवान् बनाएकाले नै अहिले राक्षस बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो धारणा राखेका हुन् ।
‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि’ दीपकले फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण