वैशाखमै आशयपत्र पाएका २५ ब्रोकर कम्पनी लाइसेन्सको पर्खाइमा
गत वैशाखमै ब्रोकर लाइसेन्सका लागि आशयपत्र पाएका २५ कम्पनील नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गर्न बाँकी छ । बोर्डले ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेकोमा गत जेठमा १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।
बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया भने केही पछि सरेको देखिन्छ । बोर्डले दुई चरणमा गरी १८ कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । उसले पहिलो चरणमा जेठ ८ गते ७ र दोस्रो चरणमा जेठ २२ गते ११ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको थियो ।
आशयपत्र पाएर पनि ब्रोकर लाइसेन्स पाउन बाँकी २५
कम्पनीमध्ये दुई कम्पनी ६० करोड रुपैयाँ पूँजी भएको पूर्ण कार्य गर्ने दोस्रो तहको सेवा प्रदान गर्ने सनी सेक्यरिटिज कम्पनी लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड हुन् ।
बाँकी २४ कम्पनी २० करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको पहिलो तहको सीमित कार्य गर्ने ब्रोकर हुन् । ६० करोड रुपैयाँ पूँजी तोकिएको पूर्ण कार्य गर्ने दोस्रो तह अन्तर्गतको कम्पनीले शेयर खरीदविक्रीसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिनेछ ।
यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलाको भूकम्पमा एक लाखसम्म मारिएको अनुमान, के–के भइरहेको छ अहिले ?
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण