‘ट्रान्सफर फि’ नतिरेपछि साउदी क्लब अल नासर अप्ठ्यारोमा
काठमाडौँ । साउदी अरेबियाको व्यवसायीक लिग क्लब अल नासरलाई नयाँ खेलाडी दर्ता गराउन प्रतिबन्ध लगाइएको छ । चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोही क्लबबाट व्यवसायीक लिग खेल्छन् ।
नाइजेरियाका विंगर अहमद मुसालाई इङ्लिस क्लब लेस्टर सिटीबाट भित्राउँदा तिनुपर्ने शुल्क (ट्रान्सफर फि) पूणर्रुपमा चुक्ता नगरेको कारण देखाउँदै अल नासरलाई नयाँ खेलाडी दर्ता गर्न रोक लगाइएको समाचारमा जनाइएको छ ।
लेस्टर सिटीबाट अरेबियन लिगमा आबद्ध भएका ३० वर्षीय अहमद मुसाले सन् २०१८ देखि सन् २०२० सम्म अल नासरबाट खेलेका थिए । नाइजेरियन राष्ट्रिय टोलीका खेलाडी अहमद मुसाले अल नासर छाडेकै तीन वर्ष पुगिसकेको छ ।
त्यतिबेला अल नासरले अहमद मुसालाई एक करोड ८० लाख अमेरिकी डलरमा भित्राएको थियो । अल नासरबाट खेल्दा अहमद मुसाले आफ्नो क्लबलाई घरेलु लिगको उपाधिसमेत चुमाएका थिए । यस विषयमा अहमद मुसा र लेस्टर सिटीले पनि उजुरी गरेका थिए ।
विश्व फुटबल महासंघ (फिफा) ले यस विषयमा चासो देखाएको छ । पछिल्लो समय अल नासरले रोनाल्डो र मार्सेलो ब्रोजोभिचलाई क्लबमा आबद्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण