मेयर शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त
बुधबार, २७ असार २०८०, १८ : १३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी आमा सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुधबारबा सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर दाहालसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
मेयर शाहले लेखेका छन्,'सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईँका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।'
६९ वर्षीय सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण