फिल्म ‘काजी’ निर्माण हुने, मुख्य भूमिकामा वर्षा
काठमाडौँ । भएको छ । निर्देशक लक्ष्मण रिजालले रोमान्टिक–सोसल ड्रामा यो फिल्म बनाउन लागेका हुन् । फिल्मको मुख्य अभिनेत्रीको रूपमा वर्षा शिवाकोटी चयन भएकी छन् । अभिनेता भने छनौट हुन बाँकी रहेको छ ।
आगामी सेप्टेम्बरदेखि बेलायतका विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मको रिलिज वैशाख १ बताइएको छ । फिल्ममा विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की लगायत कलाकारको समेत अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने यो फिल्म सन् २०१२–०१३ को बेलायती परिवेशमा छायाङ्कन गर्ने तयारी छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका निर्माता रामप्रसाद रिजाल हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गणपति’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्मले १० वर्षअघिको बेलायतको परिवेश र कथा भन्ने निर्देशक रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण