अन्तर्जातीय प्रेम कथामा ‘श्रद्धा–सुमन’ निर्माणको घोषणा
काठमाडौंँ । फिल्म ‘श्रद्धा–सुमन’ निर्माण हुने भएको छ । अन्तर्जातीय प्रेमकथामा बन्न लागेको फिल्मका लेखक तथा निर्देशक के.डी प्रश्रित हुन् । फिल्मको बिहीबारबाट बन्दिपुरमा वर्कशप सुरु भएको छ । के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमरसिंह खातीले निर्माण गर्दैछन् । फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रियासिंह खाती रहेका छन् ।
फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन् । एक ब्रम्हाण युवक र एक तामाङ युवतीको प्रेमकथामा यो फिल्म बन्न लागेको निर्देशक प्रश्रितले जानकारी दिए ।
फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणि नेपाल, सुवर्ण बस्ताकोटी, सुरवीर पण्डित, विमल पौडेलको मुख्य भूमिका रहनेछ । यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत र उत्सव दाहालको छायाङ्कन रहनेछ । फिल्मको छायाङ्कन भदौ १५ गतेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण