आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने

सोमबार, ०१ साउन २०८०, १९ : ०१
सोमबार, ०१ साउन २०८०

 काठमाडौँ । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो संख्याको बेड निःशुल्क उपलब्ध गराएको हो ।

यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो ।

कहाँ कति बेड उपलब्ध ?

निःशुल्क बेडमध्ये वीर अस्पतालले ७ सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ९०, ललितपुर मानसिक अस्पतालले ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने भएको हो ।

यसै गरी, नारायणी अस्पतालले २५५, गजेन्द्र नारायण अस्पतालले एक सय, भक्तपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन सय, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० बेड निःशुल्क उपलब्ध  गराएको हो ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप