आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका :  घण्टी बजाएको भन्दै १६ वर्षका तीन किशोरको हत्या, भारतीय मूलका व्यक्तिलाई जन्मकैद

मङ्गलबार, ०२ साउन २०८०, १० : ०८
मङ्गलबार, ०२ साउन २०८०

भारतीय मूलका अनुराग चन्द्रलाई अमेरिकामा १६ वर्षका तीन किशोरको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । यी तिनै किशोर सन् २०२० मा अनुरागको घरको घण्टी बजाएर भागेका थिए ।

घटना क्यालिफोर्नियाको हो । डोर बेल अर्थात् ढोकाको घण्टी बजाउने किशोरमाथि रिसाएका अनुरागले आफ्नो कारबाट एउटा गाडीलाई ठक्कर हाने । जसका कारण यी तीन किशोरको मृत्यु भयो ।

अप्रिल महिनामा अनुरागलाई हत्याको दोषी पाइएको थियो । अनुसन्धानमा के पाइयो भने जुन गाडीमा किशोर सवार थिए, अनुरागले त्यसलाई जानीजानी ठक्कर दिए । यसैका कारण ती किशोरको मृत्यु भयो । यो घटना १९ जनवरी सन् २०२० मा भएको थियो ।

कारले ठक्कर दिएपछि अनुराग घटनास्थलबाट निस्किएर आफ्नो घर आए र यसबारे कसैलाई जानकारी दिएनन् । यो ठक्करका कारण ड्राइभरसमेत तीनजना घाइते भएका थिए ।

यी किशोर डोर बेल बजाउने प्र्याङ्क गरिरहेका थिए । तीन जनामध्ये एक किशोरले घण्टी बजाएपछि आफ्नो कारमा आएर बसे ।

त्यसपछि पछाडिबाट अनुराग आए र आफ्नो कारले उनीहरूलाई त्यति बेलासम्म पिछा गरे जबसम्म किशोरको कारलाई ठक्कर दिएनन् ।

अनुरागमा घरेलु हिंसाविरुद्धको मुद्दा पनि चलिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप