अमेरिका : घण्टी बजाएको भन्दै १६ वर्षका तीन किशोरको हत्या, भारतीय मूलका व्यक्तिलाई जन्मकैद
भारतीय मूलका अनुराग चन्द्रलाई अमेरिकामा १६ वर्षका तीन किशोरको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । यी तिनै किशोर सन् २०२० मा अनुरागको घरको घण्टी बजाएर भागेका थिए ।
घटना क्यालिफोर्नियाको हो । डोर बेल अर्थात् ढोकाको घण्टी बजाउने किशोरमाथि रिसाएका अनुरागले आफ्नो कारबाट एउटा गाडीलाई ठक्कर हाने । जसका कारण यी तीन किशोरको मृत्यु भयो ।
अप्रिल महिनामा अनुरागलाई हत्याको दोषी पाइएको थियो । अनुसन्धानमा के पाइयो भने जुन गाडीमा किशोर सवार थिए, अनुरागले त्यसलाई जानीजानी ठक्कर दिए । यसैका कारण ती किशोरको मृत्यु भयो । यो घटना १९ जनवरी सन् २०२० मा भएको थियो ।
कारले ठक्कर दिएपछि अनुराग घटनास्थलबाट निस्किएर आफ्नो घर आए र यसबारे कसैलाई जानकारी दिएनन् । यो ठक्करका कारण ड्राइभरसमेत तीनजना घाइते भएका थिए ।
यी किशोर डोर बेल बजाउने प्र्याङ्क गरिरहेका थिए । तीन जनामध्ये एक किशोरले घण्टी बजाएपछि आफ्नो कारमा आएर बसे ।
त्यसपछि पछाडिबाट अनुराग आए र आफ्नो कारले उनीहरूलाई त्यति बेलासम्म पिछा गरे जबसम्म किशोरको कारलाई ठक्कर दिएनन् ।
अनुरागमा घरेलु हिंसाविरुद्धको मुद्दा पनि चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण