संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले किन राखे गोप्य ?
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य रूपमा अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्नुभएको हो ।
सो मस्यौदालाई मन्त्रिपरिषद्ले स्वीकृत गरी विधेयक समितिले अध्ययन गरिरहेको छ । तर, मस्यौदाको विषयमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी छैन । विधेयक समितिले पारित गरेपछि मन्त्रालयले सभामुखको कार्यालयमा दर्ता गराएपछि उक्त विधेयक संसदमा पेस हुनेछ । कानुनमन्त्री ५ सदस्यीय विधेयक समितिको अध्यक्ष हुने व्यवस्था छ भने अर्थ, शिक्षा, संघीय मामिला मन्त्रालयका सचिवलगायत सदस्य रहने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रिय सभाले पनि पारित गरेपछि उक्त विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राईले हरेक सार्वजनिक समारोहमा चालु अधिवेशनमा शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । आठ वर्षदेखि चर्चा चलेको शिक्षा ऐन ल्याउने विषय साँचो हो वा होइन भन्ने विषयमा मन्त्रालयको अधिकारी नै बेखबर छन् ।
ऐनको मस्यौदाबारे मन्त्री राईले सुटुक्क छलफल चलाइराख्नु भएको छ । दर्जनांैपटक सरोकारवालासँग छलफल गरी तयार भएको मस्यौदालाई खासै हेरफेर गर्न नपर्ने बताउनु भए पनि मन्त्रीले आफू निकट र पार्टी निकटसँग सुझाव लिएर मस्यौदा तयार गर्नुभएको हो । सरकारले यसअघि नेपाल विश्वविद्यालय ऐनलाई ल्याएजस्तै संघीय शिक्षा ऐनलाई तत्काल पारित गर्नुपर्ने आवाज उठ्न थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण