बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

आइतबार, ०७ साउन २०८०, ०८ : ५९
आइतबार, ०७ साउन २०८०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०,  टनेल गोलभेडा सानो ५८, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५०, भारतीय आलु रातो ३६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ, गाजर १२०, बन्दा लोकल १२, मूला रातो ३०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी १५०,  ब्रोकाउली ९०, कागती २०० रुपैयाँ,  भिण्डी  ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २६० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २३०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया १००, छ्यापी सुकेको १६०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २१०, चाइनिज लसुन २७०, रुख कटहर ४०, भेडे खुर्सानी ९० मा कारोबार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप