महिला विश्वकप : इटालीसँग हार्यो अर्जेन्टिना
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा इटालीले सफलता हात पारेको छ । समूह ‘जी’ अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनामाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
इटाली र अर्जेन्टिनाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले दोस्रो हाफको अन्तिम समयमा मात्र गोल सम्भव भएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि इटालीकी क्रिस्टिना गिरेल्लीले निणर्ायक गोल गरेकी हुन् ।
समूह ‘जी’ मा रहेका चारवटै टोलीले हालसम्म एक—एक खेल खेलेका छन् । स्विडेन तीन अंकसहित तालिकाको पहिलो स्थानमा छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको थियो ।
इटाली तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र चौथो स्थानमा आसिन अर्जेन्टिनाले भने खाता खोल्न सकेका छैनन् । २८ तारिखमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग दोस्रो खेल खेल्ने छ । २९ तारिखमा इटाली र स्विडेनबीच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण