उपेन्द्र यादवले भने–हिजोका दिनदुखी कामरेडहरु आज नवधनाढ्य भइसक्नुभयो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादको बाधक भ्रष्टाचार भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष यादवले आफूले चिनेजति धेरै धनाढ्य वर्गहरु र काला बजारियाहरू कम्युनिस्ट पार्टीका नेता भइसकेको बताए ।
‘नारायाणकाजी कमरेडले समात्नुभएका पनि धेरैजना कामरेड नै हुनुहुँदोरहेछ । विप्लवजी र हामीसँगै काम गरेका कामरेडहरु पनि हुनुहुँदो रहेछ । हामीसँगै दौडिएका कमरेड पनि पर्नुभएको रहेछ’,यादवले गृहमन्त्री नारायाणकाजी श्रेष्ठ र नेकपाका महासचिव विप्लवलाई हेर्दै भने, ‘हिजोका दिनदुखी कामरेडहरु आज नवधनाढ्य भैसक्नुभएको छ ।’
भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले यस्तो अवस्थामा समाजवाद कहाँबाट आउँछ भनेर प्रश्न गरे । ‘गलत तरिकाले गलत काम गरेर जसरी पनि धनउपार्जन गर्ने र आधुनिक युगको भौतिक सुविधा उपभोग गर्ने प्रवृत्ति र आकांक्षले भ्रष्टाचारमा डुबाएको छ’, उनले भने, ‘समाजवाद र भ्रष्टाचारसँगै जान सक्दैन । धेरै समाजवादमा गइरहेका मुलुक भ्रष्टाचारले समाप्त पारेको छ यो प्रवृत्ति र कल्चर पनि हो ।’
अध्यक्ष यादवले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सामाजिक सांस्कृतिक अवस्था, राज्यको संरचना र चरित्र दुवै विभेद र असमानतामा आधारित रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण