मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले भने–हिजोका दिनदुखी कामरेडहरु आज नवधनाढ्य भइसक्नुभयो

सोमबार, ०८ साउन २०८०, १५ : ०५
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादको बाधक भ्रष्टाचार भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष यादवले आफूले चिनेजति धेरै धनाढ्य वर्गहरु र काला बजारियाहरू कम्युनिस्ट पार्टीका नेता भइसकेको बताए । 

‘नारायाणकाजी कमरेडले समात्नुभएका पनि धेरैजना कामरेड नै हुनुहुँदोरहेछ । विप्लवजी र हामीसँगै काम गरेका कामरेडहरु पनि हुनुहुँदो रहेछ । हामीसँगै दौडिएका कमरेड पनि पर्नुभएको रहेछ’,यादवले गृहमन्त्री नारायाणकाजी श्रेष्ठ र नेकपाका महासचिव विप्लवलाई हेर्दै भने, ‘हिजोका दिनदुखी कामरेडहरु आज नवधनाढ्य भैसक्नुभएको छ ।’ 

भ्रष्टाचार बढेको भन्दै अध्यक्ष यादवले यस्तो अवस्थामा समाजवाद कहाँबाट आउँछ भनेर प्रश्न गरे । ‘गलत तरिकाले गलत काम गरेर जसरी पनि धनउपार्जन गर्ने र आधुनिक युगको भौतिक सुविधा उपभोग गर्ने प्रवृत्ति र आकांक्षले भ्रष्टाचारमा डुबाएको छ’, उनले भने,  ‘समाजवाद र भ्रष्टाचारसँगै जान सक्दैन । धेरै समाजवादमा गइरहेका मुलुक भ्रष्टाचारले समाप्त पारेको छ यो प्रवृत्ति र कल्चर पनि हो ।’ 

अध्यक्ष यादवले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सामाजिक सांस्कृतिक अवस्था, राज्यको संरचना र चरित्र दुवै विभेद र असमानतामा आधारित रहेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप