गगनलाई पूर्णबहादुरको जवाफ : पार्टीका एजेण्डामा सम्झौता गरेर अगाडि बढ्दैनौँ
काठमाडौँ । उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा पार्टीको एजेण्डाबारे सम्झौता नगर्ने बताएका छन् ।
कांग्रेसका उपसभापति समेत रहेका खड्काले महामन्त्री गगन थापालाई जवाफ दिँदै यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन भत्किन्छ भनेर कांग्रेसले सम्झौता गर्न नहुने बताए पछि खड्काले भने, ‘नेपाली कांग्रेसले आफ्नो एजेण्डालाई सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ । न कांग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अगाडि बढ्छ ।’
उनले अगाडि भने, ‘हामी हाम्रो एजेण्डा बोकेर गठबन्धनमा छौँ । गठबन्धनमा पनि हाम्रो सीमा हामी बुझेका छौँ । यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ ।’
कांग्रेसले यो गठबन्धनलाई पाँच वर्ष लिएर जानुपर्ने उनको भनाइ छ । ‘त्यो पाँच वर्ष लिएर जाँदा सरकारले जनतालाई दिनुपर्ने प्रतिफल र सेवा दिने कुरामा हामी मन्त्रीहरु व्यक्तिगत र सामूहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार र एजेण्डाप्रति इमान्दार हुन जरुरी छ,’ उनले भने, ‘परिवार, व्यक्तिगत लोभ र स्वार्थबाट हामीले काम गरौं भने हामीलाई अपराध लाग्छ । यो कुरालाई हेक्का राखेर जिम्मेवारीमा रहेका साथीहरुले काम गरेका छौँ ।’
सुशासन, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवालमा लगाएमा एजेण्डा समेटेर सरकारलाई सुझाव दिनुपर्ने खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण