बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

गठबन्धनलाई इमान्दारितापूर्वक अगाडि लिएर जानुपर्छ : गगन थापा

सोमबार, ०८ साउन २०८०, १७ : ५८
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनलाई इमान्दारितापूर्वक अगाडि लिएर जानुपर्ने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जावफ दिँदै उनले साे कुरा बताएका हुन् ।

उनले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन छ । प्रधानमन्त्रीजी हुुनुहुन्छ तर, गठबन्धनको नेता कांग्रेस सभापति शेरबहादुर देउवा हो । हामीले बनाएको गठबन्धन हो । यसलाई इमान्दारितापूर्वक अगाडि लिएर जान्छौं ।’

गठबन्धन पाँचै वर्ष टिकाउने कुरामा कांग्रेसको केही शर्तहरु पनि रहनुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘नेपाली कांग्रेसको आधारभूत मान्यता छ । कहीँ कतै गठबन्धन भत्किन्छ बिग्रिन्छ भनेर कांग्रेस फेरि थरथर डराएर सम्झौता गर्छौं भन्ने होइन । कदाचित याे गर्नु हुँदैन’ थापाले भने । 

प्रदेश सरकार बनाउन वा केन्द्रको सरकार टिकाउन कांग्रेसले आधारभूत कुराका सम्झौता गर्न नहुने उनले बताए । ‘पार्टीका आधारभूत कुरासँग चाहे प्रदेश सरकार बनाउन होस् या यो सरकार टिकाउनको लागि होस् । गठबन्धन दलमा रहेको कुनै एउटा अमुक दलको अमुक माग पुरा गर्नको लागि गठबन्धन तलमाथि हुन्छ भने भए हुन्छ,’ उनले भने ।

आधारभूत कुरामा कांग्रेसले सम्झौता गर्न मान्दैन भनेर स्ट्याण्ड लिन सक्नुपर्ने उनको महामन्त्री थापाले बताए ।  यस्तै जनतासँग गरेका  वाचा पुरा गर्न सरकारको स्वामित्व लिनुपर्ने उनले बताए ।

‘हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको मुद्दा पार्टीले लिड गर्नुपर्ने महामन्त्री थापाले बताए । ‘पार्लियामेन्टलाई थप समावेशी बनाउने हो । स्थिर सरकारका लागि उपाय छन्,’ उनले भने । स्थीर सरकारका लागि समानुपातिक निर्वाचन प्रणाली खारेजीको आवाज उठेपछि थापाले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकारका बारेमा प्रश्न उठेको भन्दै चारवटा प्रदेशको नेतृत्व गर्दा प्रदेश सरकार चाहिन्छ भन्ने स्थापित गर्न सक्नुपर्ने बताए । उनले अरु मिसन ०८४ को कुरा गरिरहेको भन्दै पार्टीले चार वर्षको लिड गर्नुपर्ने बताए । ‘२०८० सालमा छौँ । तीन तहमा हामी सरकारमा छौँ । अझै साढे चार वर्ष समय सरकार चलाउन छ । हामीले यो समयमा काम गर्नुपर्छ,’ थापाले भने, ‘सबैजना ०८४ को कुरा गर्छन् । यो चार वर्षको जिम्मेवारी कसको त ? हामीले लिड गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप