देउवाले भने–पर्सि त मैले पनि बोल्नै पर्ला !

काठमाडौँ । नेपाली कांग्रेस बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । सोमबार नै समापन गर्ने तयारी गरिए पनि महामन्त्री र उपसभापतिले बोल्नका लागि लामो समय लिएका कारण साउन १० सम्मका लागि बैठक स्थगित गरिएको हो ।
उपसभापति पूर्णबहादुर खड्काले बोलिसक्ने बित्तिकै सभापति शेरबहादुर देउवाले बैठक साउन १० गतेसम्मलाई स्थगित गरेको घोषणा गरे ।
उपसभापतिले बोल्दा लामो बोलेको भन्दै छोट्याउन आग्रह गरेका देउवाले खड्काले बोलिसकेँ भन्ने बित्तिकै उठ्न खोजेर भने, ‘१० गते चार बजे बस्ने। ल ल पर्सि पर्सि। त्यहाँ पनि मैले बोल्नै पर्ला ! ल ठिक छ । ठिक छ ।’ आजकाे बैठकमा केन्द्रीय सदस्य राजिव कोइराला, सहरी विकासमन्त्री सीता गुरुङले धारणा राखेका थिए । बैठकमा उठेका विषयमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, उपसभापतिद्वय धनराज गुरुङ र खड्काले जवाफ दिएका थिए ।
साउन २ गते सुरु भएको कांग्रेस बैठकमा आइतबारसम्म १४० जना नेताहरुले आफ्नो धारणा राखेका थिए । बुधबार देउवाले जवाफ दिएपछि कांग्रेस केन्द्रीय समिति बैठक सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा