देउवाले भने–पर्सि त मैले पनि बोल्नै पर्ला !
काठमाडौँ । नेपाली कांग्रेस बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । सोमबार नै समापन गर्ने तयारी गरिए पनि महामन्त्री र उपसभापतिले बोल्नका लागि लामो समय लिएका कारण साउन १० सम्मका लागि बैठक स्थगित गरिएको हो ।
उपसभापति पूर्णबहादुर खड्काले बोलिसक्ने बित्तिकै सभापति शेरबहादुर देउवाले बैठक साउन १० गतेसम्मलाई स्थगित गरेको घोषणा गरे ।
उपसभापतिले बोल्दा लामो बोलेको भन्दै छोट्याउन आग्रह गरेका देउवाले खड्काले बोलिसकेँ भन्ने बित्तिकै उठ्न खोजेर भने, ‘१० गते चार बजे बस्ने। ल ल पर्सि पर्सि। त्यहाँ पनि मैले बोल्नै पर्ला ! ल ठिक छ । ठिक छ ।’ आजकाे बैठकमा केन्द्रीय सदस्य राजिव कोइराला, सहरी विकासमन्त्री सीता गुरुङले धारणा राखेका थिए । बैठकमा उठेका विषयमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, उपसभापतिद्वय धनराज गुरुङ र खड्काले जवाफ दिएका थिए ।
साउन २ गते सुरु भएको कांग्रेस बैठकमा आइतबारसम्म १४० जना नेताहरुले आफ्नो धारणा राखेका थिए । बुधबार देउवाले जवाफ दिएपछि कांग्रेस केन्द्रीय समिति बैठक सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण