देउवा पक्षलाई गगनको जवाफ : दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि हट्दैन
काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका हुन् ।
संसदीय दलको नेता बदल्न गाह्रो भएपनि आफू लागेको बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले नेताहरूलाई आग्रह गरे ।
‘मैले पार्टी फुटाउने कुरा गरेको हो र ? उनको प्रश्न छ, ‘मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु ।’
सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । ‘सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरुले कति चिन्ता गर्नुभएको हो ?,' उनको प्रश्न छ ।
संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए । उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । ‘मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुने थियो । तर सांसदको मत पाउन झन् गाह्रो हुन्छ । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि हट्दैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण