न्यायाधीश नियुक्तिपछि पार्टीको कार्यालय जाने अवस्थाको अन्त्य गरिन्छ : कानुनमन्त्री गुरुङ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्तिपछि अमुक पार्टी कार्यालय धाउने अवस्था आउन नदिने बताएका छन् । कांग्रेस उपसभापति समेत रहेका गुरुङले कांग्रेस केन्द्रीय समिति बैठकमा न्यायाधीश नियुक्ति गर्दा कार्यक्षमतालाई प्रमुख प्राथमिकता दिइने बताए ।
‘न्यायाधीश नियुक्तिमा ढिलाइ भएकै हो । स्वीकार गर्नुपर्छ,’ गुरुङले भने, ‘तर, यहाँ (सभापति)ले मलाई विश्वास गरेर कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनाइसकेपछि मैले कार्यक्षमतालाई हेरेर न्यायाधीश नियुक्तको प्रक्रिया अगाडि बढाउँछु ।’
विगतको जस्तो न्यायाधीश नियुक्तिपछि अमुक पार्टी कार्यालय धाउने अवस्था आउन नदिने उनले बताए । उनले भने, ‘अब न्यायाधीश नियुक्ति गर्दा नियुक्तिपछि अमुक पार्टीको कार्यालय गएर टिका लगाउने गरी नियुक्त गरिन्छ । त्यो अवस्था अन्त्य गर्नुपर्छ, गरिन्छ ।’
गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टीलाई अप्ठेरो पर्ने विषय नराखिने भन्दै संसदमा आफूले पेश गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए ।
‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई नै अप्ठेरो पर्ने ढंगका कुरा परेका छन् भने त्यसलाई राखिन्न, देश र जनतालाई अप्ठेरो पर्ने सिंगो नेपाली राजनीतिलाई अप्ठेरो पर्ने विषय परेका छन् भने त्यसलाई राखिन्न’, गुरुङले भने, ‘म नेपाल सरकारको भरिया जस्तो भएर विधेयकको भारी बोकेर संसदमा राखिदिएँ, फुकालेर हेर्दा अलिअलि बियाँ पनि देखियो, भुस पनि देखियो ।’
आफू विवादित विषयसमेत समावेश गरेर कानुन पारित गर्ने पक्षमा नभएको उनको जिकिर छ । ‘भात खाँदा गासमा ढुंगा पर्यो भने ढुंगासहितको गास सुलुक्क निलिहाल्छ भन्ने नठान्नुस्’ उनले भने, ‘मुखमा राखेको गासमा ढुंगा पर्यो भने निल्दैन गुरुङले, ओकलेर फाल्दिन्छ । यो विधेयकको सन्दर्भमा जे कुरा उठेको छ नि त्यही हो ठ्याक्कै ।’
मन्त्री गुरुङले नागरिकता विधेयकको बचाउ गरेका थिए । ‘पार्टीका नेताहरुले नागरिकता विधेयको विरोध गरेको देख्दा मलाई अच्म लागेको छ । विपक्षी दल प्रक्रिया मात्र मिलेको छैन भन्छ । तर हाम्रा साथीहरु हुँदै हुँदैनन् भन्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण