मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालसहित सबै कार्यसमिति निर्विरोध

शुक्रबार, १२ साउन २०८०, २३ : ५०
शुक्रबार, १२ साउन २०८०

साउदी अरव । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा रविना अर्यालको अध्यक्षतामा सबै कार्यसमिती  निर्विरोध निर्वाचित भएको छ । योसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन् ।

 एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिती सदस्य, उपाध्यक्षलगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी आईसिसि सदस्यहरुमा राम बहादुर क्षेत्री, , दिपक रेग्मी र विशाल कुमार श्रेष्ठ निर्विरोध भएका छन् ।  

वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई , उपाध्यक्षमा  राजकुमार गिरी, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी निर्वाचित भएका छन् भने महासचिवमा  शुक्र तामाङ निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ,  सहकोषाध्यक्षमा दुर्गा बहादुर काउचा,  युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा  लक्ष्मी थापा मगर बिजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत,   दिपक ढुङ्गाना, अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले बिजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।

साउदी अरबको ९ औ महाधिवेशन शुक्रबार सम्पन्न भएको हो  । नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा साउदीमा रहेका सबै नेपालीहरुलाई धन्यवाद ब्यक्त गरिन् । अर्यालले साऊदीमा रहेका सबै संघ संस्थासँग  सहकार्य गर्दै नेपालीहरुको हकहितमा काम गर्ने बताइन् ।

उक्त अधिवेसनमा उपस्थित साउदीका लागि नेपाली राजदुत नवराज सुवेदी,एनआरएनए आईसिसि  उपाध्यक्ष नरेन्द्र भाट,महिला उपाध्यक्ष यास्मीन बेगम सैयद,एनआरएनए अभियन्ता राजु सैयद,एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याललगायतले निर्विरोध  निर्वाचित पदाधिकारीहरुलाई  शुभकामना दिँदै सफल कार्यकालको सुभकामना ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप