नेपाल विकासशील राष्ट्र बनेपछि के हुन्छ ?
काठमाडौं । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ। विकासशीलमा फड्को मारेपछि नेपालले अति कम विकसित मुलुकका नाममा पाउँदै आएका सुविधा गुमाउनेछ। यसको प्रत्यक्ष असर निर्यातमा पर्ने सरोकारवालाहरू बताउँछन्।
अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालको निर्यात ४ प्रतिशतसम्मले घट्ने देखिएको छ। अन्तर्राष्ट्रिय व्यापारबारे चासो राख्ने संस्थाको अनुमानअनुसार सन् २०२६ को प्रक्ष्येपित १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको निर्यातमा ४ प्रतिशत अर्थात् ८ अर्बसम्मको गिरावट आउनेछ।
त्रिविवि अर्थशास्त्र विभागका प्रमुख डा। शिव अधिकारीले भने विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि ‘देशको कमजोर मानसिकता’ हट्ने बताउँछन्। ‘घाटाको हिसाब होइन, नाफाको हिसाब गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘नीति नियम पनि फरक ढंगले बनाउनुपर्छ। कति कमजोर भएर बस्ने रु कति माग्ने मात्रै रु’
अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन आवश्यक ३ मध्ये २ मापदण्ड पूरा गरेपछि नेपाल विकासशील मुलुक हुन योग्य भएको थियो। संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले स्तरोन्नति हुन सिफारिस गरेअनुसार राष्ट्रसंघको महासभाले नेपाल सन् २०२६ मा ‘ग्र्याजुयट’ हुने निर्णय गरेको थियो। सो वर्ष नेपालसँगै बंगलादेश र लाओस पनि विकासशील राष्ट्र बन्दै छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण