सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को खेलमा बोस्नियाले कतारविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ।
- बोस्नियाका केरीम अलाज्बेगोभिचले २९औं मिनेटमा गोल गरे भने ३४औं मिनेटमा कतारका सुल्तान अल-बराकले आत्मघाती गोल गरे।
- पहिलो हाफको अन्त्यतिर ४२औं मिनेटमा कतारका हसन अल-हैदोसले गोल गर्दै खेल २-१ बनाएका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को महत्त्वपूर्ण खेलमा बोस्निया र हर्जगोभिनाले कतार विरुद्ध पहिलो हाफमा २–१ को रोमाञ्चक अग्रता लिएको छ । अमेरिकाको सियाटल स्टेडियममा जारी यस खेलमा बोस्नियाले आक्रामक खेल प्रदर्शन गर्दै कतारमाथि दबाब कायम गरेको हो ।
खेलको २९ औँ मिनेटमा केरीम अलाज्बेगोभिचले उत्कृष्ट गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमै अर्थात् ३४ औँ मिनेटमा कतारका सुल्तान अल–बराकले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि बोस्नियाको अग्रता दोब्बर भएको थियो ।
तर, पहिलो हाफ सकिनु केही समय अगाडि ४२ औँ मिनेटमा कतारका स्टार स्ट्राइकर हसन अल–हैदोसले एडमिल्सन जुनियरको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका छन् । यस गोलले कतारलाई खेलमा फर्किने आशा जगाएको छ ।
समूह चरणका अघिल्ला दुई खेलमा क्यानडासँग बराबरी र स्विट्जरल्याण्डसँग हार बेहोरेको बोस्नियाका लागि अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ ।
यसै समूहको अर्को खेलमा अहिले स्विट्जरल्याण्ड र क्यानडा प्रतिस्पर्धा गरिरहेका छन्। उक्त खेल पनि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण