शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘सलीना : योद्धा राजकुमारी’

आइतबार, १४ साउन २०८०, १२ : ४३
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेपाली एनिमेटेड फिचर फिल्म ‘सलीना : योद्धा राजकुमारी’को टीजर सार्वजनिक भएको छ । समाजमा प्रचलित राजकुमारीको लोक कथालाई आधार बनाएर निर्माण भएको यो नेपालकै पहिलो एनिमेटेड फिल्म भएको दाबी छ । 

फिल्मका निर्देशक तेजसराज जोशी हुन् । छ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक जोशीले जानकारी दिए । फिल्म ‘सलीना’ नेपाली, हिन्दी र अंग्रेजी भाषामा रिलिज गरिनेछ ।

यो फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । निर्देशक जोशीका अनुसार यसै वर्ष फिलम रिलिज गरिनेछ । शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन रहेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन् ।

कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुइकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् । फिल्मका निर्माता तेजसराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप