स्वास्थ्य मन्त्रालयकाे प्रस्तावित ओएण्डएम : १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ सङ्गठन संरचनाको खाका तयार पारिएको छ ।
- प्रस्तावित संरचना अनुसार मन्त्रालयमा कुल १ हजार ८ सय ६ वटा दरबन्दी कायम गरिने भएको छ ।
- नयाँ संरचनामा नीति, योजना तथा जनस्वास्थ्य समन्वय, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन र प्रशासन तथा सूचना प्रविधि गरी तीन महाशाखा प्रस्ताव गरिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ तथा प्रस्तावित सङ्गठन संरचना (ओएण्डएम) को खाका तयार पारेको छ । प्राप्त अनुसूची–१ को प्रस्तावित संरचना अनुसार मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा मन्त्री र प्रशासनिक रूपमा सचिवले गर्ने गरी खाका कोरिएको छ ।
मन्त्रालय मातहत विभिन्न तहका कर्मचारीहरूका लागि कुल १ हजार ८ सय ६ वटा दरबन्दी कायम गर्ने प्रस्ताव गरिएको छ। मन्त्रीको निजी सचिवालय, मन्त्रालयको सचिवालय र स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ सिधै नेतृत्व तहसँग जोडिने गरी संरचना निर्माण गरिएको छ ।
प्रस्तावित नयाँ संरचना अन्तर्गत मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित बनाउन मुख्य गरी तीन वटा महाशाखाहरूको प्रस्ताव गरिएको छ । जसमा नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, र प्रशासन तथा सूचना प्रविधि महाशाखा रहेका छन् ।
नीति तथा योजना महाशाखा अन्तर्गत बजेट, अनुगमन तथा मूल्याङ्कन र स्वास्थ्य समन्वय शाखा रहनेछन् भने प्रशासन महाशाखा अन्तर्गत मानव संसाधन, आर्थिक प्रशासन, कानुन र सूचना प्रविधि (इ–हेल्थ) शाखाहरू समावेश गरिएका छन्।
संरचनाको स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाले स्वास्थ्य संस्थाको मापदण्ड र गुणस्तर नियमन गर्नेछ । यस महाशाखा अन्तर्गत चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य संस्था मापदण्ड शाखा र खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने प्रस्ताव छ ।
यस्ता शाखाहरूमा वरिष्ठ फर्मासिष्ट, जनस्वास्थ्य अधिकृत, खाद्य अनुसन्धान अधिकृत, फर्मेसी अधिकृत र खाद्य निरीक्षकसहितका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू खटिने गरी जिम्मेवारी र दरबन्दीको बाँडफाँट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण