युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।
ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताए ।
प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाइएको छ ।
भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किदा भएको दुर्घटनामा ठुलो मावविय क्षति भएको कानानुराले पुष्टि गरे ।
दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण