शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण

शुक्रबार, ०१ साउन २०८३, १४ : ४३
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कक्षा १२ प्राविधिक धारका विद्यार्थीहरूको नतिजा प्रकाशनमा भएको ढिलाइले उनीहरू मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
  • संगठनका अध्यक्ष महेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा करिब १० हजार प्राविधिक विद्यार्थीहरूको भविष्य समन्वय अभावका कारण अन्योलमा परेको र उनीहरूले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट समयमै पाउन नसक्ने अवस्था रहेको उल्लेख छ ।
  • यस्तै, संगठनले निजी विद्यालयका विद्यार्थीहरूबाट 'शिक्षा समता शुल्क' र सामुदायिक विद्यालयहरूमा 'अभिभावक सहयोग' को नाममा लिइँदै आएको चर्को शुल्कको समेत विरोध गरेको छ ।

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले नतिजा छिटो प्रकाशन गर्ने निर्देशन दिँदा कक्षा १२ प्राविधिक धारतर्फका विद्यार्थीहरू मर्कामा परेको भन्दै सरकारकाे ध्यानाकर्षण जनाएको छ । 

सङ्गठनका अध्यक्ष महेश श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्राविधिक धारतर्फका करिब १० हजार विद्यार्थीहरूको भविष्य समन्वय अभावका कारण अन्योलमा परेको भन्दै विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कक्षा १२ मा बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर साइन्स र सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको ओजीटी सकिन अझै केही महिना लाग्ने भएकाले उनीहरूले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट समयमै पाउन नसक्ने स्थिति छ ।

यता, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले साउन ११ गते नै प्रवेश परीक्षा सञ्चालन गरी असोज १ देखि कक्षा चलाउने तयारी गरिरहेको अवस्थामा ती प्राविधिक विद्यार्थीहरू स्नातक अध्ययनको अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ । उनीहरूको अध्ययन गर्न पाउने हकको सुनिश्चितताको माग गर्छौ ।’ 

विज्ञप्तिमा सरकारले अवलम्बन गरेका केही शिक्षासम्बन्धी नीतिहरूको समेत तीव्र विरोध गरिएको छ । नेपालको संविधान २०७२ को धारा ३१ ले प्रत्याभूत गरेको शिक्षासम्बन्धी हक विपरीत निजी विद्यालयका विद्यार्थीहरूबाट शिक्षा समता शुल्क’ का नाममा आर्थिक वर्ष २०८३/०८४ मा ३ प्रतिशत कर लिने निर्णय गरिएको र सामुदायिक विद्यालयहरूमा समेत ‘अभिभावक सहयोग’ का नाममा चर्को शुल्क असुल भइरहेको प्रति सङ्गठनले भर्त्सना गरेको छ ।

akhil

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप