अन्ततः क्यानडालाई जिल्याउँदै नकआउट चरणमा पुग्यो आयोजक अस्ट्रेलिया
काठमाडौँ । अन्ततः आयोजक अस्ट्रेलिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ बाट अस्ट्रेलियासँगै नाइजेरिया पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
क्यानडा र आयरल्यान्ड भने समूहगत चरणबाटै घर फर्किने भएका छन् । समूहका चारवटै टोलीले तीन—तीन खेल खेलिसकेका छन् । आयोजक अस्ट्रेलिया ६ अंकसहित समूह विजेता बन्दै अगाडि बढेको हो । नाइजेरिया भने पाँच अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो ।
चार अंकसहित तेस्रो भएको क्यानडा र एक अंकसहित चौथो भएको आयरल्यान्ड उपाधि होडबाट बाहिरिएका हुन् । सोमबार भएको समूहगत चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४—० गोलले हरायो । नाइजेरिया र आयरल्यान्डले भने गोलरहित बराबरी खेले ।
क्यानडाविरुद्धको महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो । अस्ट्रेलियाको जितमा हाइली रासोले दुई गोलको योगदान गरिन् । खेल सुरु भएको नवौं मिनेटमा पहिलो गोल गरेकी रासोले ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएकी थिइन् ।
यसैगरी अस्ट्रेलियाले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । निर्धारित समयको ५८औं मिनेटमा मेरी फोलेरले अस्ट्रेलियाका लागि तेस्रो गोल गरिन् । इन्जुरी समयको चौथो मिनेटमा स्टेफिन क्याट्लीले पेनाल्टीमार्फत चौथो गोल थपिन् । अर्को आयोजक न्युजिल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण