शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

श्रीलङ्कामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

मङ्गलबार, १६ साउन २०८०, १३ : ५४
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागिता रहेको प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दशभित्र उभ्याउँदै उक्त उपाधि हात परेकी हुन् ।

खनालले आफूले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक सञ्जालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो ।

सर्लाहीकी २२ बर्सिया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।

श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना  समेत दिएका थिए ।

प्रतियोगितामा नेपाली पहिरन, कला संस्कृति मार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगिताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप