शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

शुक्रबार, ०१ साउन २०८३, १४ : ३५
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ।
  • जीवन बीमा क्षेत्रमा एकै वर्षमा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क सङ्कलन गर्ने यो पहिलो ऐतिहासिक उपलब्धि भएको कम्पनीको दाबी छ।
  • कम्पनीले यस वर्ष आफ्नै पुरानो रेकर्डलाई तोड्दै थप उचाइ हासिल गरेको छ।

काठमाडौँ। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ।

जीवन बीमा क्षेत्रमा एकै वर्षमा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क सङ्कलन गर्ने यो पहिलो ऐतिहासिक उपलब्धि भएको कम्पनीको दाबी छ। 

यसअघि गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेर कीर्तिमान बनाएको कम्पनीले यस वर्ष आफ्नै पुरानो रेकर्डलाई तोड्दै थप उचाइ हासिल गरेको विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खुसी व्यक्त गर्दै सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप