बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरियाद्वारा नाइजरलाई दिँदै आएको विद्युत् आपूर्ति बन्द

बुधबार, १७ साउन २०८०, २१ : २६
बुधबार, १७ साउन २०८०

नाइजेरिया । पश्चिम अफ्रिकी छिमेकी मुलुकहरूले गत साता नाइजेरियाका निर्वाचित नेता कब्जा गरी सत्ताच्युत गर्ने जुन्ता प्रशासनलाई मान्यता नदिने घोषणा र नाइजरमाथि प्रतिबन्ध लगाएपछि नाइजेरियाको विद्युत् आपूर्तिमा कटौती गरिएको नाइजेरियाको विद्युत् कम्पनी स्रोतले बुधबार जनाएको छ ।

नाइजरको पावर कम्पनी निगेलेकको एक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाले हिजोदेखि नै नाइजरमा बिजुली आपूर्ति गर्ने उच्च भोल्टेजको लाइन काटिदिएको छ । 

नाइजेरियाको एकाधिकार आपूर्तिकर्ता निगेलेकका अनुसार नाइजर आफ्नो ७० प्रतिशत विद्युतका लागि नाइजेरियामा निर्भर छ र उसले मेनस्ट्रिम नाइजेरियाली कम्पनीबाट विद्युत् खरिद गरिरहेको छ ।

पश्चिमी नाइजेरियाको काइन्जी बाँधबाट विद्युत् उत्पादन हुन्छ ।

राजधानी नियामेमा स्थानीय उत्पादनको स्रोत छ, तर धेरै जिल्लाहरूले ‘कु’ अघि नै बारम्बार बिजुली कटौतीको सामना गर्नुपरेको थियो ।

नाइजरले नियामीबाट करिब १८० किलोमिटर (११० माइल) माथि नाइजर नदीमा बाँध निर्माण गरी निर्माणाधीन रहेको हाइड्रोपावर आयोजनाबाट देशको ऊर्जाको सङ्कट हल गर्ने विश्वास लिएको छ । लक्षित आयोजनाबाट नाइजरले वार्षिक ६२९ गिगावाट घण्टा (जीडब्लुएच) क्षमता विद्युत् उत्पादन गर्ने बताएको छ । यो आयोजना सन् २०२५ मा पूरा हुने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसङ्घको समृद्धिको रेखा देखाउने मानव विकास सूचकाङ्कको सबैभन्दा तल रहेको नाइजर विश्वको सबैभन्दा गरिब देशहरूमध्ये एक हो । 

फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ मा आइतबार प्रधानमन्त्री ओउहुमुदोउ महामादोउले भने, “प्रतिबन्धले हाम्रो देशलाई ठूलो क्षति पुर्याउनेछ ।”-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप