एकीकृत समाजवादी : कार्यालयको प्रस्ताव सचिवालयबाट अनुमोदन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीनिकट युवा विद्यार्थी संगठनभित्रका समस्या समाधान गर्ने गरी पार्टी कार्यालयले पेश गरेको प्रस्ताव अनुमोदन गरेको छ ।
अघिल्लो सचिवालय बैठकले युवा विद्यार्थीमा देखिएको समस्या समाधान गर्न महासचिव घनश्याम भुसालसहित नेताहरु प्रकाश ज्वाला, विजय पौडेल र गंगालाल तुलाधर रहेको चार सदस्यीय कार्यालयलाई समाधानको उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार कार्यालयले तयार पारेको प्रस्ताव शुक्रबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एक नेताले बताए ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठन विस्तारका आयामहरुबारे आजको सचिवालय बैठकमा गम्भीर छलफल भएको बताए । उनले पार्टी कहाँ कमजोर छ, कहाँ बलियो छ र अव के गर्ने ? भन्नेबारेमा छलफल भएको र सोही अनुसार आगामी कार्यक्रम बनाउँदै अघि बढ्ने निर्णय गरेको बताए । बैठकले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई निष्कासन गर्नुका साथै कतिपय पार्टी छाडेकाहरुको पार्टी अभिलेखबाट नाम हटाएको सो पार्टीले जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु धमाधम पार्टी छोड्न थालेपछि त्यसलाई रोक्न चुनौती थपिएको छ ।
यसैबीच एकीकृत समाजवादीले शुक्रबार कारबाही गरेका सुवास कमाचार्य भोलि शनिबार एमाले प्रवेश गर्दैछन् । सिन्धुपाल्चोकको चौतारामा एमाले महासचिव शंकर पोखरेलले उनलाई पार्टी प्रवेश गराउँदै छन् । सोही समयमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सिन्धुपाल्चोकले सुकुटेमा कार्यक्रम राखेको छ । समाजवादीले आफ्ना कार्यकर्ता रक्षाका सुकुटेमा कार्यक्रममा राखेको बुझिएको छ । सुकुटेको कार्यक्रममा उपमहासचिव जगन्नाथ खतिवडाले सम्बोधन गर्ने एकीकृत समाजवादी सिन्धुपाल्चोकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण