सभामुख घिमिरेले बुझे विवेकशील साझाले प्रकाशन गरेको गौरवमय सांस्कृतिक मानचित्र
काठमाडौँ । सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावना आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टी अध्यक्ष समीक्षा बास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रवक्ता आशुतोष प्रधान, केन्द्रीय सदस्यहरु नवराज थापा, सुरज प्रधान, मिलन परियार, निरञ्जन चापागाँई, चन्द्र श्रेष्ठ सम्मिलित टोलीले सभामुख घिमिरेलाई गौरवमय सांस्कृतिक मानचित्र हस्तान्तरण गरेको हो ।
प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन् ।
विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम अभियान थालेको प्रवक्ता आशुतोष प्रधानले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण