राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
सोमबार, २२ साउन २०८०, १८ : ३३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण