अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
बिहीबार, २५ साउन २०८०, १० : २९
मकवानपुर । पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।
गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो ।
हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण