कांग्रेस सांसद राणाको प्रश्न : माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानिछानी धरपकड गर्ने ?
शुक्रबार, २६ साउन २०८०, १५ : ३३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले माधव नेपाललाई विदेश पठाएर कांग्रेसका नेतालाई छानिछानी धरपकड गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा उनले सुन तस्करी प्रकरणमा प्रहरीले माओवादी नेताहरूको नाम किटानी गरेको समेत दाबी गरेका छन् ।
उनले भने, 'माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानिछानी धरपकड गर्ने ? सुन तस्करी प्रकरणमा माओवादीका नेताहरूको नाम प्रहरीले किटानी गरेको छ। उनीहरूलाई उन्मुक्ति दिने काम भएको छ ।'
सांसद राणाले कांग्रेस नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी समेत नलिने गरेको बताए । यो सरकारको कस्तो नियत हो भन्दै उनले प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण