सम्बोधनको समय साट्न मलेसिया तयार भएपछि प्रधानमन्त्रीले अमेरिकालगत्तै चीनको भ्रमण गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिले अमेरिका र त्यसलगत्तै छिमेकी राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । संयुक्त महासभामा सम्बोधन गर्ने समय साटफेर हुने भएपछि प्रधानमन्त्रीले एकैपटक दुई देशको भ्रमण गर्ने तालिका तय भएको हो ।
चीनमा २३ सेप्टेम्बरदेखि एसियाली खेलकुद सुरु हुँदैछ । त्यसको उद्घाटन कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री प्रचण्डलाई चीनले निम्ता दिएको थियो । तर, त्यही समयमा अमेरिकाको न्यूयोर्कमा संयुक्त महासभामा पनि भाग लिन जाने कार्यक्रम तय भएकाले प्रधानमन्त्रीलाई पहिले कहाँ जाने भन्ने बारेमा सकस भएको थियो ।
दुवै देशको भ्रमण तालिकालाई समायोजन गर्नका लागि महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति सार्नका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य सुरु गरेको थियो । यस विषयमा साउन १८ गते प्रधानमन्त्री प्रचण्डले नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनसँग छलफल समेत गरेका थिए ।
‘अहिले मलेसियाले आफ्नो सम्बोधनको समय हामीसँग साटफेर गर्न तयार भएको छ,’ बालुवाटार स्रोतले रातोपाटीसँग भन्यो, ‘प्रधानमन्त्रीले पहिले तय गरेको मितिभन्दा अघि नै अमेरिकामा सम्बोधन गर्ने तय भएको छ ।’ *
प्रधामन्त्रीले सेप्टेम्बर २२ मा महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
बालुवाटार स्रोतका अनुसार सम्बोधन सकेर त्यहाँ उच्च स्तरीय भेटघाट गर्नेछन् । त्यसपछि त्यहाँबाट प्रधानमन्त्री एसियाली खेलकुदको उद्घाटन समारोहलाई भ्याउने गरी अमेरिकाबाट सिधै चीनतर्फ प्रस्थान गर्ने तयारी गरेका छन् । यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।
यता परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिका र चीनबाट भ्रमणको निम्ता आएकाले दुवै देशको भ्रमणको तालिका मिलाउने काम भइरहेको बताइन् । यस विषयमा अगस्तको महिनाको अन्तिममा मात्र सबै विषयकाे टुंगो लाग्ने लम्सालको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो देशको भ्रमण गराउन चीनले सुरुदेखि नै प्रयास गर्दै आइरहेको छ । तर, प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतबाट सुरु गरे ।
२०७९ चैतमा चीनको हेनान प्रान्तमा आयोजना भएको एसियाली विकास मञ्च (बोआओ) को बैठकमा अतिथिको रूपमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड भारतलाई प्राथमिकतामा राखेका थिए । यसैबीच उनी खाद्य सुरक्षा कार्यक्रममा इटालीको भ्रमणमा गएर आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण