बालुवाटार बैठक : ललिता निवासदेखि गौर हत्या काण्डमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा ललिता निवास जग्गा प्रकरणदेखि गौर घटनाका सम्बन्धमा समेत छलफल भएको छ । त्यस्तै संसद् अवरोध, सरकारले छानबिन थालेको सुन प्रकरण लगायतमा छलफल भएको छ ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नपर्ने समेत गठबन्धनको बैठकमा नेताहरुबीच एकमत भएको एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले बताए । सुन प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराको नाम समेत जोडिएको भन्दै त्यसबारे गृहमन्त्रीसँग गठबन्धनका नेताहरूले प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिनकै क्रममा रहेकाले त्यसबारे अहिले नै महराको संलग्नता पुष्टि हुन नसक्ने बताएका थिए ।
त्यस्तै गौर हत्या काण्ड स्टन्टबाजी मात्र भएको गठबन्धनले ठहर गरेको छ । गौर हत्याकाण्डमा चारवटा प्रतिवेदन रहेको र फरक फरक कुरा रहेकाले मारिएका घरपरिवारले राज्यबाट राहत पाइसकेकाले कानुन सम्मत टुंग्याउने कुरा भएको पाण्डेले बताए ।
त्यस्तै ललिता निवास प्रकरणमा सर्वोच्चको फैसलाबारे छलफल भएपनि निष्कर्षमा नपुगेको भन्दै छिटै सत्यतथ्य बाहिर ल्याउने गठबन्धनले जनाएको छ ।
त्यस्तै एमालेले तस्करीको सुन छानबिन गर्न भनेर गरेको संसद् अवरोधमा चिसै पानीले नुहाउने र उसले भनेजस्तो आयोग नबन्ने पाण्डेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
-
कहिले सञ्चालनमा आउँछ धरानको स्मार्ट बसपार्क ?
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा