सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले भन्यो–नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन ?

सोमबार, २९ साउन २०८०, २१ : १७
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सत्तारुढ गठबन्धनले नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन भन्नेबारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नीतिगत निर्णयमा अदालतको फैसलाका बारेमा छलफल भएको हो । 

बैठकमा ललिता निवास जग्गा प्रकरणमा अदालतले नीतिगत निर्णयमा फैसला गर्नु उचित हो कि होइन भन्नेबारेमा  छलफल भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । 

उनले भने, 'ललिता निवास प्रकरणका सन्दर्भमा पनि छलफल भयो । यसको बारेमा के हो त अब ? अदालतको फैसला के हो ? यो फैसलालाई कसरी जाने ? विशेषगरी नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन ? यो बारेमा व्यापक छलफल भए ।' 

उपाध्यक्ष पाण्डेले ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेशबारे छलफल अझै नटुंगिएको बताए । यसबारे अझै छलफल गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले थप छलफल गरेर  छिटै टुंगो गरेर सत्यतथ्य बाहिर ल्याउनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप