गठबन्धनले भन्यो–नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन ?
काठमाडौँ । सत्तारुढ गठबन्धनले नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन भन्नेबारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नीतिगत निर्णयमा अदालतको फैसलाका बारेमा छलफल भएको हो ।
बैठकमा ललिता निवास जग्गा प्रकरणमा अदालतले नीतिगत निर्णयमा फैसला गर्नु उचित हो कि होइन भन्नेबारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
उनले भने, 'ललिता निवास प्रकरणका सन्दर्भमा पनि छलफल भयो । यसको बारेमा के हो त अब ? अदालतको फैसला के हो ? यो फैसलालाई कसरी जाने ? विशेषगरी नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन ? यो बारेमा व्यापक छलफल भए ।'
उपाध्यक्ष पाण्डेले ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेशबारे छलफल अझै नटुंगिएको बताए । यसबारे अझै छलफल गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले थप छलफल गरेर छिटै टुंगो गरेर सत्यतथ्य बाहिर ल्याउनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण