बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन बैठक : पूर्वसभामुख महराबारे छलफल, गृहमन्त्री श्रेष्ठले भने– फोनका आधारमा दोषी करार गर्न सकिँदैन

सोमबार, २९ साउन २०८०, २० : २१
सोमबार, २९ साउन २०८०

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रशंगमा छलफल भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पूर्वसभामुख महराको नाम जोडिएको सुन तस्करी प्रकरणबारे पनि छलफल भएको  नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

उनका अनुसार बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने बताएका थिए । बैठकमा गृहमन्त्री श्रेष्ठले बाँकी अनुसन्धान जारी रहेको बताएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

उपाध्यक्ष पाण्डेले भने,‘ पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप