हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन : स्वस्तिमा
काठमाडौंँ । नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ ।
अभिनेत्री स्वस्तिमा खड्का भने फिल्म हिट र फ्लपको जस कुनै एक कलाकारको टाउकोमा थुपार्न नमिल्ने बताउँछिन् । सोमबार फिल्म फिल्म ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले एउटा फिल्म सफल वा असफल हुनुमा धेरै व्यक्तिको हात हुने बताउँदै एक जनालाई थुपार्ने परिपाटी नराम्रो भएको बताइन् ।
आफू अभिनीत फिल्म ‘ऐँचो पैँचो’ सफल बन्नेमा उनी आशावादी छिन् । तर, सबैको प्रयासले मात्रै सफलता हासिल हुने उनको भनाइ छ ।
‘मैले फिल्म नै काँधमा बोकेर हिँड्न सम्भव छैन । बोक्छु भनेर भन्न पनि मिल्दैन किनभने एक जनाले मात्रै फिल्म चलाउन सकिन्नँ’, उनले भनिन् ‘फिल्मको प्रि प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’
राजनीतिक पृष्ठभूमिको कथामा बनेको फिल्म ‘ऐँचो पैँचो’मा स्वस्तिमाका केही संवादले दर्शकमा उनको भूमिकाप्रति उत्सुकता बढाएको छ । कोही व्यक्तिसँग प्रतिशोध राख्नकै लागि स्वस्तिमाले राजनीति सुरु गरेको ट्रेलरमा समेत देखाइएको छ ।
‘ऐँचो पैँचो’ कृषा चौलागाईले निर्देशन गरेकी हुन् । फिल्मका स्वस्तिमाको अलवा मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण