सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा 'नइ नारी गौरवी पुरस्कार'

मङ्गलबार, ३० साउन २०८०, १९ : ४६
मङ्गलबार, ३० साउन २०८०

सिड्नी । 'नइ एकेडेमी अस्ट्रेलिया'ले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड) द्वारा सम्मान गरेको थियो ।  

सो अवसरमा शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङलाई, विज्ञान तथा प्रविधितर्फ डा. अर्चना कोइरालालाई र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड) प्रदान गरिएका छ । ती पुरस्कारका राशि जनही पाँच सय डलर रहेका छन् । 

यस्तै अस्ट्रेलियामा वसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नारीहरुलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेहरुमा स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी थिए ।

समारोहमा जेनिशा गौतमले स्वर प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्शी भट्टले आआफ्ना गीत र नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । 

नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीको सभापतित्वमा सञ्चालित उक्त समारोहमा एनआरएनएका पूर्वअध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडि बढाउनु रहेको भन्दै नइका कार्यक्रमले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिने बताए ।  

त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

सांसद डोना डेविसले अन्य समुदायजस्तै नइ एकेडेमी अस्ट्रेलिया पनि ठूलो नेपाली समुदाय रहेको बताइन् ।  

नइ एकेडेमी अस्ट्रेलियाको उक्त समारोहमा एनआरएनए आइसिसिका उपाध्यक्ष धर्मराज अधिकारीको सहयोग रहेको थियो । साथै शीर्षक प्रायोजक लक्ष्मी होम, एनआरएनए अस्ट्रेलिया र म्याग्दी सेवा समीतिका पूर्व अध्यक्ष मुक्ति रोका र म्याग्दी जलजला समाजका संस्थापक राजकुमार भण्डारी, विनोद कुँवर, हरि रामजाली तथा सन्दिप अधिकारीबाट पनि नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ सफल पार्न विशेष सहयोग जुटेको थियो । 

नइ एकेडेमी अस्ट्रेलियाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेनिशा गौतम, अर्का उपाध्यक्ष सामु उप्रेती, महासचिव प्रनावविक्रम थापा, सचिव सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य तथा सदस्यहरु निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी, मनोज के.सी र कार्यक्रम संचालक वालमुकुन्द तिमिल्सिना लगायतको समारोहमा योगदान रहेको थियो ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप