नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन् ।
बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताए । उनले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताए । उनले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हितलाई समेटेर अघि बढ्न जरुरी रहेको बताए । नेपालका नागरिकहरु भारत गएपछि फर्किँदा र भारतका नागरिक नेपालबाट फर्किँदा समस्या झेल्नुपरेको भन्दै उनले त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण