पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा
फिक्कल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् । इलामको फिक्कलमा आज आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे ।
विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ”, महामन्त्री थापाले भने, “कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।”
पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उनको भनाइ छ । “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ ।” उनले भने, “तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यहि तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?”
आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ । एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढङ्गमा बदलेर लैजान जरुरी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण