सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

शनिबार, ०२ भदौ २०८०, १२ : ५३
शनिबार, ०२ भदौ २०८०

मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उनको भनाइ छ ।  नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । उनले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए ।

कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनको भनाइ छ । नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम आएका उले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप