बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

आइतबार, ०३ भदौ २०८०, १४ : ५७
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आइतबार हेर्न  नभ्याइने सूचीमा राखिएको छ । 

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला र सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक वक्तव्य दिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । 

कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको उक्त मुद्दा हेर्न आइतबार नभ्याइनेमा राखिएको हो । 

सर्वोच्च अदालतमा २०७३ जेठ १२ गते दायर भएको उक्त मुद्दा हालसम्म सुनुवाइ भएको छैन ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप