सुशासनका सवालमा अझ निर्मम हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, ०४ भदौ २०८०, १५ : ५७
सुर्खेत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनका सवालमा अझ निर्मम तरिकाले लाग्ने बताएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जस्तोसुकै अवस्था सृजना भएपनि सुशासनका सवालमा पछि नहट्ने बताएका हुन् ।
'जुनसुकै पार्टीको जुनसुकै रंग र अनुहारको भए पनि भ्रष्टलाई छाडिन्न,' उनले भने,' माओवादी भएपनि छाडिन्न ।'
तीन महिने अभियानको सन्दर्भमा उनले अनिवार्य रुपमा जिम्मेवारी तोकिएको ठाउँमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण