इन्जिनियरिङ शुल्क बढाएपछि डिन कार्यालय अगाडि विद्यार्थीको धर्ना (तस्बिरहरू)
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि भएपछि डिन कार्यालय अगाडि विद्यार्थीहरूले धर्ना दिएका छन् ।
स्ववियु थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै विरोध प्रदर्शन थालेको हो । स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ ।
त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्नेमा शुल्क बढाएर स्वदेशमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने समाजवाद उन्मुख राज्यमा बहुसङ्ख्यक जनतालाई यो अवसरबाट वञ्चित गराउने कार्य गरिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
_tQa4MUAa42.jpg)
_FegAWKPwVi.jpg)
_JDVsnKwb67.jpg)
_0xPte3sVFC.jpg)
_IWsVqRuTWm.jpg)
_01iQVrPz8r.jpg)
_bXWDGbFJ48.jpg)
_CMPHkKFkkW.jpg)
_Hc1Xz8hS3R.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण